You are viewing the translated version of अनुसन्धान सम्बन्धी सूचनाको अधिकार.

Section 7
अनुसन्धान सम्बन्धी सूचनाको अधिकार
(१) पीडितले माग गरेमा सम्बन्धित अनुसन्धानअधिकारी वा निकायले निजलाई देहायको विषयमा यथाशीघ्र सूचनादिनु पर्नेछ :-

(क) यस ऐन वा प्रचलित कानून बमोजिम पीडितले प्राप्त गर्नेचिकित्सकीय, मनोवैज्ञानिक, मनोचिकित्सकीय, सामाजिक, कानूनी वाअन्य कुनै सेवा वा परामर्श,

(ख) अभियोजन गर्ने निकायको नाम र पूरा ठेगाना,

(ग) अनुसन्धान अधिकारीको नाम, कार्यालय र टेलिफोन नम्बर,

(घ) अनुसन्धान तथा तहकिकातको प्रगति विवरण,

(ङ) शंकास्पद व्यक्तिको नाम, उमेर, ठेगाना र हुलिया,

(च) शंकास्पद व्यक्ति पक्राउ भएमा सो को व्यहोरा,

(छ) शंकास्पद वा अन्य कुनै व्यक्तिले कसूरका सम्बन्धमा अनुसन्धानअधिकारी समक्ष व्यक्त गरेको कुरा,

(ज) अनुसन्धान अधिकारीको हिरासतबाट शंकास्पद व्यक्ति फरार भएमावा पुनः पक्राउ भएमा सो को व्यहोरा,

(झ) अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको वा पक्राउ भएकोव्यक्तिलाई अनुसन्धान अधिकारीले हिरासतमा राख्न आवश्यक नदेखीप्रचलित कानून बमोजिम हिरासतबाट छाडेमा सो को व्यहोरा,

(न) कसूरका सम्बन्धमा प्रचलित कानून बमोजिम हुने अनुसन्धान तथातहकिकातका प्रक्रिया सम्बन्धी सामान्य जानकारी ।

(२) उपदफा (१) को खण्ड (घ), (ङ), (च), (छ) र (ज) मा जुनसुकै कुरालेखिएको भए तापनि पीडितलाई त्यस्तो सूचना दिएमा सो कसूरको अनुसन्धानमा प्रतिकूलअसर पर्ने संभावना भएमा वा शंकास्पद वा निजसम्बद्ध व्यक्तिको जीउ, ज्यान वासम्पत्तिमाथि खतरा हुन सक्ने भएमा अनुसन्धान निकायले त्यस्तो सूचना पीडितलाई दिनबाध्य हुने छैन र त्यसरी सूचना दिन नमिल्ने व्यहोराको कारण सहितको जानकारीपीडितलाई दिनु पर्नेछ ।